सफ्टवेयर निर्माता कम्पनीको सोर्स कोड चोरी गरेको आरोपमा तीनजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १६ : ४६
सफ्टवेयर निर्माता कम्पनीको सोर्स कोड चोरी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका विमल केसी, रुपन्देहीका श्यामबहादुर चौधरी र पूर्वी नवलपरासी घर भएका शंकर ज्ञवाली रहेका छन् ।

उनीहरु बुटवलमा रहेको प्रिफेस टेक्नोलोजीका सञ्चालक हुन् । उनीहरुमाथि पूर्वी नवलपरासीमा रहेको नेशनल सफ्टवेयर एण्ड आइटी सोलुसन नामक सफ्टवेयर निर्माता कम्पनीको सोर्स कोड चोरी गरेको आरोप छ ।

प्रिफेस टेक्नोलोजीका सञ्चालकहरुलाई बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको साईबर ब्यूरोका डिआईजी रामकृपाल शाहले बताए । पक्राउ परेकाहरु यसअघि नेशनल सफ्टवेयर एण्ड आईटी सोलुसन नामक सफ्टवेयर कम्पनीमा काम गर्थे । प्रिफेश टेक्नोलोजी शुरु गरेर उनीहरुले पुरानो कम्पनीको जस्तै सफ्टवेयर बनाएर बेच्न थालेको साइबर ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर विद्युतीय कारोवार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस