काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भीम रावलले पार्टी भित्र देखिएको विवाद समाधानका लागि एउटा छलफलले मात्र नपुग्ने बताएका छन् । आज अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको छलफल पछि सञ्चारकर्मीहरुसँग बोल्ने नेता रावलले त्यस्तो बताएका हुन् ।
यसै क्रममा बोल्दै नेता रावलले पार्टीलाई फुटको अवस्थामा जान नदिने बताएका छन् । पार्टी एकतापछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई समेत एक बनाएर लगेको अवस्थामा एमाले मात्रै एक भएको बेलामा त्यसलाई फुटको अवस्थामा जान नदिने बताए ।
त्यस्तै आफूहरु एमाले विभाजन गर्न खोज्नेहरुको विरुद्ध लागेको बताए । “जसरी नेपालको स्वाधिन एकतालाई हामीले अगाडी बढाएका थियौँ । त्यो त भएन भएन । अब नेकपा एमालेलाई विभाजन गर्ने ? त्यस्ता कुनैपनि कुराको हामी विरुद्धमा छौँ । त्यसका लागि पार्टी विधान प्रणालीहरुमा अघि बढ्नुपर्छ । हामी छलफल गर्न भनेपछि छलफल गर्न आइहाल्यौ नि । तर यति लामो मतभेद यति लामो समस्या आएको बेलामा एउटा छलफलले मात्र विवाद समाधान हुँदैन ।” नेता रावलले भने ।
त्यस्तै फागुन २८ गते अध्यक्ष ओलीले गरेका निर्णयहरु फिर्ता लिएमा मात्रै आगामी दिनहरुमा अगाडी बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा