काबुल । अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ ।
अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरेका छन् ।
उनका अनुसार सो विस्फोटमा परी अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । उनले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताएका छन् ।
जसका कारण मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ । यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ । (सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बम विस्फोटबाट घाइते भएकाहरूको उपचार सरकारले गर्ने
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते