अर्को साता  राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १३ : ५५
अर्को साता  राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार चैत ९ गते दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले  भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन् ।

बंगलादेशले शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।यसअघि सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस