राकुटेन भाइबरद्वारा बार्सेलोना फुटबल क्लबसँग साझेदारीका लागि  पहलकदमी २०२१ को घोषणा

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १२ : ०५
राकुटेन भाइबरद्वारा बार्सेलोना फुटबल क्लबसँग साझेदारीका लागि 
पहलकदमी २०२१ को घोषणा

काठमाडौं । सहज एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मेसेजिङ्ग एपहरुमध्येको एक राकुटेन भाइबरले आफ्नो लामो समयदेखिको साझेदार फ्यान क्लब बार्सेलोनाको लागि २०२१ भरका लागि नयाँ पहलहरुका शृँखलाको घोषणा गरेको छ ।

रुसमा एक आधिकारिक विश्वव्यापी एफ.सि बार्सिलोना कम्युनिटीको शुरुवात सँगसँगै कम्पनीले मार्चमा ५ जना खेलाडीहरु मार्क एण्ड्रे तेर स्टिगेन, फ्रेन्की डे जोङ, मारालम ज्यानिक, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङलेट र एन्टोनी ग्रीजम्यानका बारेमा विशेष प्रश्नोत्तर शृँखला योजना पनि अघि सारेको छ ।

भाइबर एफ.सि बार्सेलोना बीचको सहकार्य सन् २०१७/२०१८ को सिजनबाट शुरु भएको हो र भाइबरले त्यसैबेलादेखि क्लबको एक आधिकारिक च्यानलको रुपमा संचार सेवा उपलब्ध गराउँदै आएको छ ।

फुटबलको सिजन तात्न थालेपछि र हामी नयाँ दशक तर्फ अघि बढ्न थाले सँगै, राकुटेन भाइबरले क्लबसँगको साझेदारीमा एक नयाँ अध्यायलाई शुरु गरेको छ जस अनुसार आफ्ना प्रयोगकर्ताहरुका लागि फ्यान प्रथम भन्ने अनुभव निर्माण गर्न यसको मेसेजिङ्ग एपमा विभिन्न टच प्वाइन्टहरु कायम गरेको छ । एपमा खेलाडीहरु र तिनका फ्यानहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित गरिदिन भाइबरले देहायका पहलहरु उपलब्ध गराउने भएको छ ।


 
 

प्रतिक्रिया दिनुहोस