बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सुरु हुँदै

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १० : ५९
बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सुरु हुँदै

काठमाडौं । बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा पहिलोपटक नेपालगञ्ज रंगशालामा फुटबल लिग  प्रतियोगिता हुन लागेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालगञ्जमा पहिलो पटक फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए । उनका अनुसार मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७ को आयोजना गर्न लागिएको हो ।

मोफसलको फुटबल विकासमा एन्फा प्रेसिडेन्ट लिगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । सोमबार एक समारोहका बीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका तर्फबाट धम्बोझी युवा क्लब बाँकेले प्रतिस्पर्धा गर्नेछ । प्रदेश १ बाट सैनिक फुटबल क्लब झापा, प्रदेश २ बाट  मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशबाट धादिङ समाज, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्ला र सुदुरपश्चिम प्रदेशबाट स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रेसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् । प्रतियोगिता चैत २ गते सुरु भई १५ गते सकिनेछ । प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

प्रतियोगितामा विधागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस