वेष्ट इन्डिजद्वारा श्रीलंकाविरुद्धको टी -२० सिरिज ‘क्लिन स्वीप’

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १० : ५२
वेष्ट इन्डिजद्वारा श्रीलंकाविरुद्धको टी -२० सिरिज ‘क्लिन स्वीप’

काठमाडौं । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको ओडीआई क्रिकेट सिरिजमा क्लिन स्वीप गरेको छ ।नर्थ साउण्डमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेल ५ विकेटले जित्दै वेस्ट इन्डिजले सिरिज ३-० ले आफ्नो पक्षमा परेको हो ।

श्रीलंकाले दिएको २७७ रनको लक्ष्य वेस्ट इन्डिजले ४८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । वेस्टइन्डिजलाई जित दिलाउन डरेन ब्राभोले १०२ रन बनाए । यस्तै शाइ होपले ६४ रनको योगदान गरे । कप्तान केइरन पोलार्ड अविजित ५३ रन जोडे ।

श्रीलंकाका सुरंगा लकमालले २ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

श्रीलंकाका डी सिल्भाले अविजित रहँदै सरवाधिक ८० रन बनाए । अशेन बानडराले अविजित रहँदै ५५ रन जोडे । यस्तै दनुश्का गुनाथिलकाले ३६ तथा कप्तान दिमुथ करुनारत्ने ३१ रन बनाए ।वेस्ट इन्डिजका एकिल होसेनले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस