काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहने जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो ।
अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा सामान्य वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?