काठमाडौं । आप्रवासी श्रमिकलाई ‘आधुनिक दास’ सरह व्यवहार गरेको अन्तर्राष्ट्रिय समुदायमा आलोचना भएपछि साउदी अरबले ‘कफला’ प्रणाली खुकुलो गर्ने नीति आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
साउदीले दुई वर्ष करार अवधि समाप्त भएपछि स्वदेश फिर्न र रोजगारदाता परिवर्तन गर्न अनुमति आवश्यक नपर्ने गरी कफला प्रणालीमा सुधार गरेको हो । यसअघि साउदी प्रवेश भइसकेपछि रोजगारदाता (कफला) ले अनुमति नदिएसम्म देश छोड्न र रोजगारी परिवर्तन गर्न पाइँदैनथ्यो।
रियादस्थित नेपाली दूतावासका अनुसार मार्च १४ तारिखबाट साउदी प्रवेश गर्ने नयाँ श्रमिकको हकमा मात्रै नयाँ नीति लागू हुनेछ । साउदीमा हाल कार्यरत श्रमिकको विषयमा यसले स्पष्ट बताएको छैन । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०२ चैत्र २०७७, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
साउदी अरबले गर्यो १० हजार आप्रवासी कामदारलाई देशनिकाला