छात्रामाथि बालयौंन दुरुपयोग गरेको अभियोग लागेका शिक्षकमाथि प्रहरीको छानविन जारी

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १५ : ३६
छात्रामाथि बालयौंन दुरुपयोग गरेको अभियोग लागेका शिक्षकमाथि प्रहरीको छानविन जारी

सांकेतिक तस्वीर

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमरमावि उरहरीका गणित शिक्षक ५४ बर्षीय पदम वली पक्राउ परेको आइतवार ४ दिन पुग्यो । तुलसीपुर ११ सुकौरा निवासी शिक्षक वलीका विरुद्ध छानविन गर्न भन्दै अदालतले उनी पक्राउ परेकै दिन फागुन २६ गते नै ७ दिने म्याद थपेको छ । उनीमाथि आफैले पढाउने कक्षा ६ मा अध्यनरत एक छात्राले बालयौंन दुरुपयोग गरेको अभियोग लगाएकी छन् ।

ती १३ बर्षीया छात्राका बुवाले फागुन २६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा शिक्षक वली विरुद्ध बालयौंन दुरुपयोग गरेको भन्दै मुद्दा हालेका थिए । मुद्दा परे लगतै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार फागुन २३ गते दिउँसो कक्षा कोठा भित्रै कक्षा ६ मा अध्यनरत ती छात्राले आफुलाई शिक्षक वलीले संवेदनसिल अंगमा हातपात गरेको आरोप लगाएकी थिइन ।

त्यसपछि पीडित छात्राको तर्फबाट उनका बुवाले प्रहरीमा गएर किटानी जाहेरी दिएका थिए । घटना २३ गतेको भयो । २४ गते नारी दिवस परेको हुँदा विद्यालय बिदा थियो ।

फागुन २५ गते शिक्षक वली विद्यालय पुग्दा बिद्यार्थीहरुले होहल्ला गर्दै बिरोध जनाए । फागुन २६ गतेपनि विद्यार्थीले शिक्षक वली विरुद्ध हुलदंगा गरेको हुँदा आरोपित शिक्षकलाई पक्राउ गर्नु परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए ।

ती छात्राका बुवाले आफ्नी छोरीलाई सञ्चो नभएको हुँदा एक्लै कोठाको बसेको मौका छोपी शिक्षक वलीले संवेदनसिल अंगमा हातपात गरेको जाहेरीमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस