रुपन्देहीमा पेस्तोलसहित ३ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १३ : ०६
रुपन्देहीमा पेस्तोलसहित ३ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मर्चवारी– ७ कन्चनापुरबाट प्रहरीले चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए ।

पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने  सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस