माधव समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १८ : ०८
माधव समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहले आगमी चैत ४ र ५ गतेराष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । 

अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको यो समूहको दाबी छ । 
ओलीलाई  केन्द्रीय सदस्यमा थप सदस्य मनोनित गर्ने अधिकार नै नभएको खनाल–नेपाल समूहको दाबी छ ।

‘भेलाबाट हामीले महत्वपूर्ण निर्णय गर्नेर्छौं’ उपाध्यक्ष रावलले बताए ।

 

प्रतिक्रिया दिनुहोस