चितवन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शाखा कार्यालय मिलनरोड, नारायणगढमा संञ्चालनमा आएको छ । शाखाको उद्धघाटन संस्थाका अध्यक्ष विनोद कुमार सुवेदी , सञ्चालक दिपक अधिकारी र चितवन उधोग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेंलले गरे ।
संस्थाले फाल्गुन १२ गते पोखराको चिप्लेढुङ्गामा चौथो शाखाको उद्घाटन गरेको थियो ।उक्त नयाँ शाखाहरु सहित देशभरि संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, १५ : ५२
लेखकबाट थप