ओली बोलिरहँदा लगनखेलको सभानजिक बम विष्फोट, ओली भन्छन ‘बम पड्किरहन्छ, हामी अगाडि बढनुपर्छ’

मंगलबार, १२ मंसिर २०७४, १६ : १२
ओली बोलिरहँदा लगनखेलको सभानजिक बम विष्फोट,  ओली भन्छन  ‘बम पड्किरहन्छ, हामी अगाडि बढनुपर्छ’

ललितपुरको लगनखेलमा आयोजित बाम गठबन्धनको चुनावी सभानजिकै विष्फोट भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली मञ्चमा उक्लिनेबित्तिकै विष्फोटको आवाज आएको थियो ।

विष्फोटपछि सभामा केहीबेर तनाव उत्पन्न भए पनि केही बेरमा स्थिति सामान्य भएको थियो । उद्घोषकले टायर पड्किएको भने पनि बटुक भैरव मन्दिर नजिकै आर्मीको पेट्रोलपम्पसँगै फोहोरको डंगुरमा बम विस्फोट भएको जानकारी प्रहरीले दिएको छ।  विष्फोट सभा भइरहेको स्थानभन्दा करिब सय मिटर टाढा  थियो ।

सभामा ओली बोलिरहेका छन् । ‘बम पड्किरहन्छ, हामी अगाडि बढनुपर्छ’ भन्दै ओलीले कसैले तर्साएर आफूहरु नतर्सिने बताए ।

 

प्रतिक्रिया दिनुहोस