काठमाडौं । जनशक्ति व्यवस्थापनका केही कठिनाइ र प्राविधिक समस्या नआए अबको एक महिनापछि नेपालकै ठूलो र पुरानो वीर अस्पताल धाउने शल्यक्रियाका बिरामीले धेरै सुविधा पाउनेछन् ।
शल्यक्रिया सेवाका लागि मात्रै भनेर वीरमा नौतले अत्याधुनिक सर्जिकल भवन तयार भइसकेको छ । पित्तथैलीजस्तो सामान्य शल्यक्रियाका लागि महिनौं कुनुपर्ने, आईसीयू शय्या नपाएर निजी अस्पताल धाउनुपर्ने अनि पालो कुर्नुपर्ने झझट बेहोर्नुपर्दा बिरामीहरु निजी क्लिनिकमा दोब्बर, तेब्बर शुल्क तिरेर सिटी स्क्यान र एमआरआई गर्न बाक्य छन् ।
उपकरण खरिदका लागि टेन्डर प्रक्रिया र जनशक्ति व्यवस्थापनका कारण भौतिक पूर्वाधार तयार भए पनि अस्पताल सञ्चालन हुन नसकेको अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीले बताए । सरकारले साढे दुई अर्ब रकम खर्चेर निर्माण गरेको यो भवनबाट दिइने सेवा विदेशको सुविधासम्पन्न् अस्पतालको भन्दा कम देखिँदैन । मन्त्रालयबाट आवश्यक बजेट आउनेबित्तिकै सेवा सञ्चालन गर्नेगरी तयारी भइरहेको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ फागुन २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड