चितवन । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् ।
उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ फागुन २०७७, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी
कैलालीको बर्दगोरियामा गुड्दै गरेको ट्रकमा आगलागी
७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा
बारामा ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते
मोरङमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु
मोरङमा दुर्घटनापछि ट्रकमा आगजनी