काठमाडौं । तेस्रो तथा निर्णायक खेल जित्दै घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी २० सिरिज जितेको छ ।एन्टिगुवामा सोमबार भएको अन्तिम टी-२० खेलमा वेष्ट इन्डिजले श्रीलंकालाई ३ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो ।
वेष्ट इडिजको जितमा फाबियन एलनले अलराउण्ड प्रदर्शन गरे । उनले कसिलो बलिङ गर्दै १ विकेट लिए भने अविजित २१ रन बनाए ।वेष्ट इन्डिजले श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
वेस्ट इन्डिजको जितमा ओपनर लेन्डल सिमोन्सले सर्वाधिक २६ रन बनाए । यस्तै निकोलस पुरणले २३, इभिन लेविसले २१ रन रन बनाए । फाबियन एलनले ६ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २१ रन बनाए । जासन होल्डर १४ रनमा अविजित रहे ।
बलिङमा श्रीलंकाका लक्सान शन्दकानले ३ विकेट लिए भने दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २-२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
श्रीलंकाका लागि दिनेश चण्डीमालले अर्धशतक प्रहार गरे । ४६ रन हुँदा ४ विकेट गुमाए पनि दिनेश र अशेन बन्दाराले अविजित ८५ रनको साझेदारी गरे । दिनेश चण्डीमालले ४६ बल खेल्दै ३ चौक मद्दतमा अविजित ५४ रन बनाए ।
यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए ।वेस्ट इन्डिजका फाबियने एलन,केभिन सिक्लेर,ओबेड म्याकक्वे र जासन होल्डरले एक/एक विकेट लिए ।
एलनले ४ ओभरमा १३ रन मात्र खर्चे ।सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जितेको थियो भने दोस्रो खेलमा श्रीलंका ४३ रनले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ फागुन २०७७, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
नेपालले अमेरिकासँग ३ खेलको टी-२० सिरिज खेल्ने
बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदै