राजनीतिक अन्योलबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार सुरु हुँदै छ । सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन ।
कान्तिपुर दैनिकका अनुसार प्रतिनिधिसभामा प्रस्तुत हुन प्रधानमन्त्री केपी ओलीसहित अन्य दलहरुले आ–आफ्नो रणनीति तय गरेका छन् ।
ओलीः अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन पर्खिने, आए सामना गर्ने, संसदलाई विजनेस नदिने र संसद अधिवेशन चाँडै अन्त्य गर्ने ।
प्रचण्ड–नेपालः काँग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने, आफ्नो नेतृत्वमा सरकार बनाउन कोशिस गर्ने, नसके काँग्रेसलाई अघि सार्ने ।
काँग्रेसः नेकपाको औपचारिक विभाजन प्रतिक्षा गर्ने, त्यसपछि ओली वा प्रचण्ड–नेपालसँग मिलेर आफू नेतृत्वमा गठबन्धन सरकार बनाउने ।
जसपाः काँग्रेस र निर्वाचन आयोगको निर्णय पर्खिने, त्यसका आधारमा कुनै एउटा गठबन्धनसँग जोडिने ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २३ फागुन २०७७, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेन
‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर
गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?
भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप