प्रचण्ड माधव समूहले संसद सचिवालयलाई भन्यो– ओलीलाई कारबाही गरिसक्यौँ, उनले गरेको निर्णय बैध नठहरिने

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १८ : २७
प्रचण्ड माधव समूहले संसद सचिवालयलाई भन्यो– ओलीलाई कारबाही गरिसक्यौँ, उनले गरेको निर्णय बैध नठहरिने

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरिसकेको जनाएको छ । प्रचण्ड माधव पक्षले पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको हुनाले उनले गरेको निर्णयलाई मान्यता नदिन आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख छ।

‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

पत्र बुझाउन संघीय संसद सदस्यहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा गएका थिए ।

प्रतिक्रिया दिनुहोस