यसपटक मल अभाव हुदैन : कृषि तथा पशुपन्छी विकास मन्त्री अर्याल

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, ११ : ०८
यसपटक मल अभाव हुदैन : कृषि तथा पशुपन्छी विकास मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा आर्यालले यसपटक मल अभाव नहुने कुरामा ढुक्क रहेको बताएकि छिन् ।गत वर्ष जति मल वितरण भएको थियो त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा गरिसकेको दावी गर्दै उनले हाल ३ लाख ६९ हजार मल स्टक रहेको उनले दावी गरीन् ।

१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमा‌रहेको र २ लाख ६९ हजार बाटोमा आइ रहेका  र त्यो आउने निश्चित रहेको बताईन् ।

यसपाली पनि मलको अभाव हुन्छ कि भनि चिन्ता थियो तर आजसम्मको स्टक हेर्दा ढुक्क रहने अवस्था रहेको उनले दावी गरिन् । उनले अगामी वर्षदेखि रसायनिक मलको कारखाना खोल्ने प्रकृया शुरु हुने पनि दावी गरिन्

प्रतिक्रिया दिनुहोस