नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा २८० जनाको हस्ताक्षर

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १६ : ३८
नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा २८० जनाको हस्ताक्षर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको बुधबारको केन्द्रीय कमिटी बैठकमा २ सय ८० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

नेकपाका कुल ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २ सय ८० जनाले हस्ताक्षर गरेका छन् । १२ जना केन्द्रीय सदस्य काठमाडौँ बाहिर रहेकोले बिहीबारमात्रै हस्ताक्षर गर्ने बताइएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस