काठमाडौँ । सत्तारुढ नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने ? भन्ने विषयमा ओली समूहको स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् । खासगरी नेम्वाङले दिएको सुझावको बेवास्ता गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर सर्वोच्चले मंगलबार विघटनविरुद्धको मुद्दामा प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि प्रधानमन्त्री ओली नैतिक रुपमा संकटमा परेका छन् ।
सर्वोच्चले फैसला सुनाएदेखि नै प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीमाथि दबाब बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
माओवादी स्थायी कमिटी बैठक सुरु
माओवादी स्थायी समिति बैठक सर्यो
माओवादीको स्थायी कमिटी बैठकमा नेताहरूको कार्य विभाजनबारे छलफल
तराई-मधेश जागरण अभियान चलाउँदै माओवादी
माओवादी स्थायी कमिटी बैठक सुरु