धनुषा । आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं. ७ निवासी लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताए। धनुषाको नगइराइन नगरपालिका वडा नं. ६ स्थित लग्माबाट ७ बर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए ।
प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुर उपमहानगरपालिका वडा नं. ७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्दार गरेको थियो ।
बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले १ करोड रुपैयाँ फिरौती मागेका थिए । त्यस लगत्तै प्रहरीले खोजी कार्य शुरु गरेको थियो ।
प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाईसकिएको छ भने घटनामा संलग्न रहेको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० फागुन २०७७, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ
क्यानडा पठाउँछु भनेर दुई जनाबाट १८ लाख ठगी, एक जना पक्राउ
घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ