काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् ।
आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार ब्यक्त गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने,अभिभावकको रुपमा मात्र राजसंस्था रहदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे ।
सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म,संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो। १४ बर्षको राजनितीक अभ्यास असफल भएको भन्दै बिदेशी दबाब,प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनितीले काम गरेको उहाको भनाई थियो ।
कम्युनिस्ट पार्टी भित्रको द्वन्द देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।
कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे।
लिङ्देनले भ्रष्टाचार र बेथितिको विरुद्धमा राप्रपाले शसक्त आवाज उठाएर जनताको माझमा जाने बताए। कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजबंशि, अम्बर बिष्ट ,बाशुदेब भट्टराई , बाबुराजा श्रेष्ठ, लगायतले सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ फागुन २०७७, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
तीनकुने घटना- छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण, गृहमन्त्रीको राजीनामा माग