इलाममा रुख ढाल्दै गर्दा सोही रुखले किचेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, १४ : २७
इलाममा रुख ढाल्दै गर्दा सोही रुखले किचेर एक जनाको मृत्यु

इलाम । इलामको माइ नगरपालिका-७ साँगुरीटोलमा रुख ढाल्दै गर्दा सोही रुखले किचेर एकको मृत्यु भएको छ।  साँगुरीटोलका ४७ वर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको हो।

शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख ढाल्दै थिए।

रुख ढल्ने क्रममा उनलाई त्यही रुखले किचेर  घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस