काठमाडौं । शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो आँखा । आँखामा सामान्य समस्या आयो भने पनि निकै हामीलाई बाहिरी दुनियाँ हेर्न समस्या पार्न सक्छ । त्यसैले आँखालाई सधै स्वस्थ राख्न जरुरी छ । यसका लागि भान्सामा पाइने केही खानेकुराको नियमित सेवन गर्न आवश्यक छ ।
गाजर
गाजर आँखाको लागि फाइदाजनक खानेकुरामा पर्छ । यसमा हुने भिटाक्यारोटिनले शरीरमा भिटामिन ए को आवश्यकता पूरा हुन्छ । भिटामिन एले हाम्रो आँखालाई सधैँ स्वस्थ राख्न मद्दत गर्छ ।
अमिलो फलफूल
भिटामिन सी युक्त फलफूलमा थुप्रै प्रकारका एलिमेन्टस पाइने भएकाले यसले आँखाको पर्दा स्वस्थ राख्छ । हरेक दिन तीन वटा अमिलो फलफूलको सेवन गर्ने गर्नुपर्छ ।
अण्डा
अण्डामा पाइने जिंक आँखाको लागि फाइदाजनक हुन्छ ।
हरियो सागसब्जी
हरियो सागसब्जीले आँखामा लाग्ने मोतिबिन्दु रोगबाट बचाउँछ । पालकको साग निकै फाइदाजनक हुन्छ ।
मेवा
ड्राई फ्रूट्स र मेवाको सेवनले पनि आँखा स्वस्थ रहन्छ । यसमा हुने ओमेगा फ्याटी एसिड ३ ले आँखा र शरीर दुवैलाई रोग लाग्नबाट बचाउँछ ।
एन्टी लेयर स्क्रीन
घण्टौँसम्म कम्युटर, ल्यापटप वा मोबाइलमा बस्ने व्यक्तिले एन्टी लेयर स्क्रीनमा काम गर्नुपर्छ । यसले आँखालाई सुख्खापन र थकावटबाट बचाउँछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ फागुन २०७७, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निःशुल्क आँखा शिविरबाट ५ सयजना लाभान्वित
मोतीबिन्दुको शल्यक्रियापछि १३ जनाको आँखामा संक्रमण, ३ चिकित्सक निलम्बित
प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह
बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने
आँखा शिविरबाट ३०० जना लाभान्वित
१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…