बलात्कार मुद्दाका अभियुक्त ५ वर्षपछि पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, १३ : ४०
बलात्कार मुद्दाका अभियुक्त ५ वर्षपछि पक्राउ

उदयपुर । बलात्कार अभियोगमा दोषी प्रमाणित एक अभिुयक्त ५ वर्षपछि पक्राउ परेका छन्। महिलामाथि जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतबाट ६ वर्षअघि नै कैद सजाय तोकिए पनि फरार रहेका बेलका नगरपालिका ५ लालबजारका २६ वर्षीय शितल भन्ने रविन बिक बुधबार साँझ पक्राउ परेका हुन्।  

उदयपुर र सुनसरीको सीमास्थल चताराबाट साँझ ६ बजे पक्राउ परेका बिकलाई उदयपुर जल्ला अदालतले ०७२ जेठ ३ गतेको फैसला अनुसार २ वर्ष ११ महिना १४ दिन कैद सजाय सुनाइएको छ। कानुनी रुपमा दोषी करार भए पनि भाग्दै आएका बिकलाई खोजतलास गर्ने क्रममा चतारामा लुकेर बसेको भन्ने सुराकीका आधारमा टोली पठाएर पक्राउ गरिएको हो।  

इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले पक्राउ गरेको उनलाई बिहीबार विहान जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई अदालतको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए।

प्रतिक्रिया दिनुहोस