बेलायती राजकुमार फिलिप अस्पताल भर्ना

एजेन्सी

विहीबार, ०६ फागुन २०७७, ०८ : ५४
बेलायती राजकुमार फिलिप अस्पताल भर्ना

एजेन्सी । बेलायती राजकुमार फिलिप अस्पताल भर्ना भएकमा छन् । महारानी एलिजाबेथ द्वितियका पति राजकुमार फिलिपलाई  स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राजदबारले उल्लेख गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

९९ वर्षका ड्युक अफ एडिबर्गलाई मंगलबार बेलुका अस्पताल भर्ना गरिएको बकिङ्घम दरबारले जनाएको छ । राजकुमार फिलिपलाई सेन्ट्रल लण्डन स्थित किङ्ग एड्वार्ड सातौँ अस्पताल लगिएको राजदरबारको वक्तव्यमा उल्लेख छ ।

राजकुमार फिलिप कार मार्फत अस्पताल गएको स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । डाक्टरको सल्लाहमा सावधानीका लागि राजकुमार फिलिपलाई भर्ना गरिएको उल्लेख छ ।

केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएको भए पनि कोरोना भाइरसको संक्रमण भने नरहेको स्रोतले बताएको बिबिसीले जनाएको छ ।
राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । केही दिन उनी अस्पतालमै रहने छन् ।

प्रतिक्रिया दिनुहोस