प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड नेपालको चौथो चरणको आन्दोलन आजबाट

भोली काठमाडौंको टुँडिखेलमा मानव साङलो प्रर्दशन गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, ०९ : १५
प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड नेपालको चौथो चरणको आन्दोलन आजबाट

काठमाडौं । प्रतिनिधीसभा पूर्नस्थापना, असम्वैधानिक सम्वैधानिक परिषद्को नियुक्ति खारेजी लगायतको माग राख्दै चरणवद्ध आन्दोलन गरिरहेको नेकपाको बहुमत पक्ष अर्थात प्रचण्ड माधव नेपाल समुहले आजदेखि चौथो चरणको आन्दोलनका कार्यक्रम अगाडी बढाउदै छन् । तीन चरणको आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको यो पक्षले आज देखि १५ फागुन सम्मको आन्दोलनका कार्यक्रम केही दिन अगाडी नै सार्वजनिक गरेको थियो ।

चौथो चरणको आन्दोलनका कार्यक्रम आइतबार सार्वजनिक गरेको हो । घोषित कार्यक्रम अन्तर्गत आज देखि फागुन १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन र सभा लगायतको विरोध कार्यक्रम हुनेछन् । भोली फागुन ६ गते भने प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रर्दशन गर्ने तयारी प्रचण्ड नेपाल पक्षको छ । त्यसको तयारी पूरा भईसकेको संर्घष समितिका नेताहरुले जनाएका छन् ।

त्यस्तै, फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडाहरुमा वडा स्तरीय विरोध कार्यक्रम, फागुन ७ देखि १५ सम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा वडा तहमा हस्ताक्षरको कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको प्रवक्ता तथा केन्द्रीय संर्घष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यस्तो हस्ताक्षर कार्यक्रममा वडा तह का पार्टी कमिटि र जनवर्गीय संगठनहरुले समेत आ–आफनो तहबाट आयोजना गर्ने गरी तय भएको श्रेष्ठले वताए । त्यस्तै, फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम बुद्धिजिवि र पेशागत संगठनहरुको तर्फबाट आयोजना गरिनेछन् ।

फागुन ९ मा प्रतिगमन, महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरुको विरोध, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम, फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम आयोजना गर्ने गरी तय भएको छ ।

यो समुहले चितवन, दाङ, जनकपुर र नेपालगन्जमा विरोध प्रर्दशन सहितको सभा आयोजना गर्ने र ति सभामा पार्टीका दुवै अध्यक्षले पुगेर सम्वोधन गर्ने कार्यक्रम तय गरेका छन् । चितवनमा फागुन १२ र दाङमा फागुन २१ मा सभासहितको विरोध प्रर्दशनको कार्यक्रम तय भएपनि जनकपुर र नेपालगन्जको भने मिति टुंगो लागेको छैन् ।

यो मिति छिटै तय गरिने श्रेष्ठको भनाई छ । फागुन १४ गते काठमाडौंमा युवा ¥याली र फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम आयोजना गर्ने गरी संघर्ष समितिले कार्यक्रम बनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस