वाग्मती प्रदेशसभा बैठक फेरि रोकियो

अविश्वास प्रस्ताव अगाडी बढ्नै नदिने पक्षमा ओली गुट

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, ०८ : ४१
वाग्मती प्रदेशसभा बैठक फेरि रोकियो

काठमाडौं । वाग्मती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाईएको थियो ।


नेकपा विभाजन पछि प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड नेपाल समुहले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावलाई प्रक्रियामा लगेर अगाडी बढाउनु पर्नेमा ओली पक्षको दबाबका कारण सम्वन्धित दुवै प्रदेशका सभामुखले सार्दै आईरहेका छन् । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अहिले बिाहन सूचना जारी गरेर बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् ।

हेर्नुहोस सभामुखको सूचना :


 
नेकपाभित्रको विवाद र सत्ता पक्षको दबाबमा संसदीय ब्यवस्थालाई समते ओली पक्षले अटेर गर्दै आईरहेको यो एउटा ज्वालन्त उदाहरण हो । आफनो विरुद्ध अविश्वास प्रस्ताव आएपछि त्यसको सामना गर्ने तिर नगई ओली पक्षले निरन्तर बैठक नै चल्न नदिने, अनिश्चितकालसम्म बैठक रोकेर आफै सत्ताको कुर्सीमा टाँसिरहने प्रवृति देखाएको छ । 

यसले ओली समुह केन्द्र देखि प्रदेश सम्म आफुलाई जे मन लाग्यो त्यही गर्ने बाटोमा अगाडी बढेको छ । राज्यशक्तिको चरम दुरुपयोग गरेर शक्ति र सत्ताको बलमा ओली पक्षले प्रक्रियालाई नै अवरुद्ध गर्ने निकृष्ट कार्य गर्न थालेको आरोप विपक्षीहरुले लगाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस