कार्यकर्तालाई कमल थापाले भने - "अदालतले विघटन सदर गरे चुनाबको तयारी गर्नुस्"

सफल खबर संवाददाता

सोमबार, ०३ फागुन २०७७, १३ : १०
कार्यकर्तालाई कमल थापाले भने - "अदालतले विघटन सदर गरे चुनाबको तयारी गर्नुस्"

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण,जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड  दिए।

नेपालि समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक रहेको चर्चा गरे।

कोहि कसैसँग डराउन नपरेपछी भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन र सर्बसत्ताबाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।

कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस