एकै पटक बन्दै दुई सय पर्यटकीय आयोजना

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, ०८ : १६
एकै पटक बन्दै दुई सय पर्यटकीय आयोजना

काठमाडौं । लगानी  साझेदारीमा  देशैभर  पर्यटकीय आयोजना  निर्माण  गर्ने  उद्देश्यसहित  सरकारले  दुई  सय  आयोजना टुङ्गो  लगाएको  छ ।  संस्कृति,  पर्यटन  तथा  नागरिक  उड्डयन मन्त्रालयले  साझेदारी  लगानीसहितका  आयोजना  छनोट  गरेको हो ।

छनोट  भएका  आयोजनामा  मन्त्रालय  र  प्रदेश  अथवा  स्थानीय निकायको लागत पनि टुङ्गो लगाइएको छ । मन्त्रालयले  टुङ्गो  लगाएका यस्ता  आयोजना  एक  वर्षदेखि बढीमा  तीन  वर्षभित्र  सञ्चालनमा  आइसक्ने  छन् ।  मन्त्रालयका अनुसार  प्रदेश  १  अन्तर्गत  ५५  वटा आयोजना  छनोट  भएका छन् ।

त्यस्तै  मन्त्रालयले  प्रदेश  २  मा  २३,  बागमती  प्रदेशमा  ३१, गण्डकी प्रदेशमा २३, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा २५ वटा आयोजना छनोट भएको जनाएको छ ।  सरकारले  गत  साउन  २६  गते  पर्यटकीय  गन्तव्यको  विकास गर्ने  उद्देश्यसहित  सङ्घ, प्रदेश  र  स्थानीय  सरकारको  साझेदारीमा सञ्चालन  गर्नसक्ने  आयोजनाका  लागि  निर्देशिका  स्वीकृत  गरेको थियो ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस