पूर्वप्रधानमन्त्री खनाल उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा भर्ना

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, २० : ०५
पूर्वप्रधानमन्त्री खनाल उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । खनाल शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका छन् । 

उनी दिल्लीको अपोलो अस्पतालमा भर्ना भएका छन् भने आजै भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भेटेका छन् ।

भेटपछि सामाजिक सञ्जालमार्फत आचार्यले खनाल स्वास्थ्य परीक्षण एवम् उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा भर्ना भएको भन्दै शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस