एजेन्सी । भनाइ नै छ, प्रेम अन्धो हुन्छ । प्रेममा उमेर, जातपात, धर्म, धनी गरिब, कालो गोरो केहीले असर पार्दैन । प्रेमले कुनै पनि बन्देज तोड्न सक्छ । यसैको पछिल्लो उदाहरण बनेको छ, बेलायतको एक विवाह । जहाँ ८० वर्षीया एक वृद्धाले आफूभन्दा ४५ वर्षकान्छा अर्थात ३५ वर्षीय युवकसँग विवाह गरेकी छन् ।
बेलायत निवासी आइरिस जोन्स नामक वृद्धा महिलाको इजिप्ट निवासी ३५ वर्षीय युवक मोहम्मद इब्राहिमसँग फेसबुकबाट चिनजान भयो । दुबैमा घण्टौसम्म कुराकानी हुन थाल्यो । लामो समयदेखिको कुराकानीपछि इब्राहिमले आइरिसलाई प्रेमको प्रस्ताव राखे । यसैबीच आइरिस इब्राहिमलाई भेट्न इजिप्ट पुगिन् ।
भेटपछि अन्ततः आइरिस र इब्राहिमले गोप्य रुपमा विवाह गरे । विवाहपछि धेरैले इब्राहिमले आइरिससँग धनसम्पतीकालागी विवाह गरेको टिप्पणी गरेका छन् । तर इब्राहिमले भने उनले आइरिसलाई धनकालागी नभई प्रेमले नै विवाह गरेको बताएका छन् । आइरिसले श्रीमान इब्राहिमको धर्म मुस्लिम धर्म स्वीकार गरेकी छन् । यी दुबैको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
विवाहपछि आइरिस एक रियालीटी शोमा समेत भाग लिएकी थिइन् । जहाँ उनले आफ्नो यौन जीवनका बारेमा खुलेर कुरा गरिन । उनका अनुसार हनीमुनपछि उनका छोराछोरी र नातीनातीनाले उनसँग कुराकानी गर्न बन्द गरेका छन् । आजकल आइरिस आफ्नो श्रीमान इब्राहिमको साथमा इजिप्टमा बस्दै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० माघ २०७७, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
गायिका स्मिता दाहालले गरिन् बिहे
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी
मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशतभन्दा बढी