बसन्तपुर,सिंहदरबारमा बलात्कारविरूद्ध मार्चपास हुँदै

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, ११ : ०५
बसन्तपुर,सिंहदरबारमा बलात्कारविरूद्ध मार्चपास हुँदै

एकपछि अर्को बलात्कारका घटना भइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको छ।माघ ३० गते शुक्रबार मार्सपास हुन लागेको हो।वृहत नागरिक आन्दोलनका तर्फबाट मंगलबार जारी भएको अपिलमा एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौं अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने उल्लेख छ।

‘हामी सडकबाट चुनौती दिन्छौं एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं भन्ने प्रश्न अपिलमा छ।शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने वृहत नागरिक आन्दोलनले जनाएको छ।

उक्त मार्चपासमा सहभागी हुनसमेत अपिल गरिएको छ।गत बुधबार बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भए पनि अहिलेसम्म अपराधीलाई पक्राउ परेको छैन।

प्रतिक्रिया दिनुहोस