थपिए १६० जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, १६ : १९
थपिए १६० जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ ।

मंगलबार १६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४ सय  ३१ पुगेको छ । हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस