बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधि बनाउन मन्त्रालयले सोच बनाएको छ : कृषि मन्त्री अर्याल

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, १३ : २१
बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधि बनाउन मन्त्रालयले सोच बनाएको छ : कृषि मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएका छन् । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताएका हुन् ।

उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाई छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताए

मन्त्री अर्यालले भोली जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताए । किसानलाई मलको अभाव हुन नदिने उनको भनाई छ । अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढंगले मल पाएको उनको दाबी छ ।

मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनका क्रममा व्यवस्थित ल्याब रहेको भेटेको बताए । छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको जान नदिन फास्टट्रयाकबाटै काम भएको पाएको उनको भनाई छ । उनले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताए । त्यस्तै केही स्टलहरुको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उनको भनाई छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारको साधारणसभा सम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेतिथति अन्त्य गरी व्यवस्थित गराउनको निम्ति योजना लिएर आउने मन्त्री अर्यालले बताए
 

प्रतिक्रिया दिनुहोस