मेलम्चीको पानी दशैंअघि नै काठमाडौंका घरघरमा : मन्त्री विना

बुधबार, ०७ चैत्र २०७४, १३ : ०८
मेलम्चीको पानी दशैंअघि नै काठमाडौंका घरघरमा : मन्त्री विना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् ।

काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिनाले अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गर्दै
दशैअघिनै उपत्यकामा पानी वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

उनले २५ दिन भित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएकी छन् । मन्त्री विनाले स्वच्छ पानी खान पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस