किन जाँदैछन् निर्वाचन आयोग प्रधानमन्त्री ओली ?

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, ०८ : ४०
किन जाँदैछन् निर्वाचन आयोग प्रधानमन्त्री ओली ?

काठमाडौं । नेकपाको आधिकारिकता विवाद निरुपण गर्न निर्वाचन आयोगले नसकिरहेका वेला प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग जाने भएका छन् । विहान कार्यलय खुलेपछि ११ वजे उनी कान्तिपथस्थित निर्वाचन आयोगको कार्यलयमा आफै जान लागेका हुन् ।

नेकपाको वहुमत पक्ष प्रचण्ड नेपाल पक्षले आधिकारिकता विवाद नै नभएको , वहुमत आफुहरुसँग रहेकोले आयोगले स्वतः वहुमत पक्षलाई आधिकारिकता नदिएर अल्झाईरहेको जस्ता तथ्य पेश गरिरहेका वेला प्रधानमन्त्री ओली आफै आज निर्वाचन आयोग जान लागेका हुन् ।

प्रचण्ड नेपाल पक्षले राजनीतिक दल सम्वन्धी ऐनको दफा ४३ र ४४ अनुसार आफुहरुलाई आधिकारिकता दिन, पार्टीको नाम , चुनाव चिन्ह दिन आग्रह सहितको निवेदन निर्वाचन आयोगमा वुझाएका छन, पछिल्लो चरण ।

आयोगले नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई नेकपा विवादका विषयमा कानुनी पाटोहरुको पक्षेपण गर्ने गरी पारम्भिक रिपोर्ट आज वेलुकीसम्म वुझाउन समयावधि दिईरहेका वेला ओली आयोग पुग्न लागेका हुन् ।भण्डारी अर्थमन्त्री समेत रहेका ओली पक्षिय महासचिव विष्णु पौडेल निकट मानिन्छन् ।

आयोगले ओलीलाई आधिकारिकता विवादमा आयोगमा वोलाईसकेको छैन । यस अगाडी वोलाएको छलफलमा भने उनी पक्षिय नेता सुवास नेम्वाङ नेतृत्वको टोली आयोग पुग्ने गरेको थियो । तर आज ओली आफै किन आयोग पुग्न लागे भन्ने कुरा भने रहस्यमै छ ।

ओलीको सचिवालयले निर्वाचन तयारी र पार्टीको आधिकारिकता विवादमा आफनो धारणा आयोगसमक्ष सुनाउनका लागि प्रधानमन्त्री आयोग जान लागेको वताएको छ । तर ओलीले आयोगलाई प्रभावमा पार्नका लागि आयोग जान खोजेको आशंका पनि ब्यक्त गरिएको छ ।

ओलीले गत पुस ५ मा प्रतिनिधीसभाको आयु अझै २ वर्ष वाकी रहदै पार्टीभित्र र संसदीय दलभित्र समेत अल्पमतमा परेपछि असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटनको सिफारिस गरेका थिए । त्यसैलाई राष्टपतिले सहीछाप गरिदिएपछि असम्वैधानिक रुपमा अहिले प्रतिनिधीसघा विघटनको अवस्थामा छ ।

 

प्रतिक्रिया दिनुहोस