राष्ट्रिय युवा संघ ओली समूहको अध्यक्षमा सिंह चयन

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, ०८ : २०
राष्ट्रिय युवा संघ ओली समूहको अध्यक्षमा सिंह चयन

काठमाडौं । राष्ट्रिय युवा संघ केपी ओली समूहको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् ।तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्ड(माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष पदमा सिंह र रमेश पौडेल दाबेदार थिए । युवा संघ इञ्चार्ज महेश बस्नेतले सिंहलाई अध्यक्ष प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले त्यसैलाई पारित गरेको हो ।

बचन बहादुर आगामी जेठमा ४० वर्ष पुग्ने भएकाले उनी अब करिब चार महिनामात्र युवा संघको अध्यक्ष रहने छन् । त्यसपछि सहअध्यक्षको जिम्मेवारी पाएका किरण पौडेल स्वतः अध्यक्ष बन्ने समझदारी भएको स्रोतले बतायो ।

ओली समूहले युवा संघको सहअध्यक्षमा पौडेललाई चयन गरेको छ । यसैगरी रमेश आचार्य महासचिव बनेका छन् ।

उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी छन् ।

उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मुकेश बुढाथोकीले पाएका छन् । राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष बनेका छन् ।

प्रतिक्रिया दिनुहोस