कोरोना अपडेट : सोमबार ७ जना कोरोना संक्रमितको मृत्यु, १ सय ३० जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, १७ : ०७
कोरोना अपडेट : सोमबार ७ जना कोरोना संक्रमितको मृत्यु, १ सय ३० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३० जना कोरोना संक्रमित थपिएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ।

हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका  छन्। 
 

प्रतिक्रिया दिनुहोस