काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् ।
सोमबार शहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको बिरोध ¥याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले यि सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको उनको भनाई छ ।
नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्ति लगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्यमान्यतालाई पनि सम्मान नगरेको बताए । ओलीको जनबिरोधी कदमका विरुद्ध शसक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको उनको भनाई छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उनले बताए । संसद पुनस्थापना पहिलो प्राथमिकता रहेको नेता बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा