काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोध पत्र लेखेको छ । आइतबार अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिए पछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियूले हनुमानढोका स्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेको थियो । अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भिर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भएपनि समय नदिएकोमा आपत्ति जनाए ।
आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रदर्शन गरिने सहसंयोजक तामाङ्गले बताए । अनेरास्ववियूले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०७७, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा