कोरोना अपडेट : आइतबार ३ जना कोरोना संक्रमितको मृत्यु, १ सय १९ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १६ : ४३
कोरोना अपडेट : आइतबार ३ जना कोरोना संक्रमितको मृत्यु, १ सय १९ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ।

हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका  छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ पीसीआर परीक्षण भएको छ।