२० जना बालबालिकालाई स्कुल ब्याग, जुत्ता र स्टेसनरी सामान वितरण

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, १७ : ०३
२० जना बालबालिकालाई स्कुल ब्याग, जुत्ता र स्टेसनरी सामान वितरण

आनन्दपुर । स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढले प्रहरी नागरिक अभियान नेपालमा आश्रीत बालबालिकाहरूलाई स्कुल ब्याग, जुत्ता र स्टेसनरी सामान वितरण गरेको छ । आनन्दपुर-५ मा अवस्थित प्रहरी नागरिक अभियान नेपालमा आश्रीत २० जना बालबालिकाहरूलाई शनिबार एक कार्यक्रमका बीच चौबिस हजार रुपैयाँ बराबरको स्कुल ब्याग, जुत्ता, खेलकुदका सामग्री तथा स्टेशनरी सामानहरू वितरण गरिएको स्पाउज क्लबका अध्यक्ष मनसा थैब श्रेष्ठले बताए ।

पिटुसिटुका अध्यक्ष बेलबहादुर गुरुङलाई उक्त समग्रीहरू नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष रोटरियन निरन्जन प्रधान र पूर्व अध्यक्ष रोटरियन रोहितकुमार श्रेष्ठले संयूक्त रूपमा हस्तान्तरण गरेको कार्यक्रम संयोजक एलिना शाक्य बज्राचार्यले बताए ।

कार्यक्रममा स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ती उपाध्याय पौडेल, पदाधिकारी एवम् सदस्यहरूका साथै नारायणगढ रोटरी क्लबका सदस्य रोटरियन राजाराम सिटौला र व्यवसायी सुमन रम्तेलको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस