सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, १६ : ३२
सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सुनसरी, ईटहरी उपमहानगरपालिक-२ आपगाछीस्थित सडकमा प्रदेश १-०२-०४४ प १२५६ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा सोही महानगरपालिका-८ बस्ने ६५ बर्षीय कुबेर मल्ल र निजकै छोरा ३५ बर्षीय नुर्जन मल्लको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।

चितवन, भरतपुर महानगरपालिका-१५ कान्छीचोकस्थित सडकमा ग।३ च १९०४ नम्बरको बलेरोको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ७० बर्षीय गगन राज रेग्मीको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१७ ठठरियास्थित सडकमा लु.१ त ९१७७  नम्बरको  ट्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका-३ करवानी बस्ने २३  बर्षीय मुन्ना जोगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-५ सिमरास पाखास्थित सडकमा ना.५ त  ५३५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार मरिण गाउँपालिका-२ रातामाटा बस्ने २५ बस्ने प्रताप लोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-७ सलकपुर चोकस्थित सडकमा प्र.२-०३-००१ ख १९७६ नम्बरको मिनिट्रकले प्र.१-०२-०४० प ७४६९ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिंदा स्कुटर चालक सोही नगरपालिका-१० बस्ने ३५ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईटहरी सामुदायिक अस्पताल हुँदै न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका(२ नौबस्तास्थित सडकमा रा.१ त ३४४१ नम्बरको ट्याक्टर र रा.६ प १४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल सवार दंगिशरण गाउँपालिका-३ रावत गाउँ बस्ने २६ वर्षीय दिनेश खड्का र २५ वर्षीय विबेक थापाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दंगिशरण गाउँपालिका-३ रावत गाउँ बस्ने २४ वर्षीय आकाश कँडेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, गढी गाउँपालिका-३ मक्रानचुलीस्थित सडकमा ना.७ ख ३८३ नं.को ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीया जुनकिरी परियारको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस