फोहोर महानगरले उठाएपछि खुल्यो दरबारमार्ग

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, १२ : ०९
फोहोर महानगरले उठाएपछि खुल्यो दरबारमार्ग

काठमाडौं । राजधानीमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ओली समूहले गरेको आमसभाका कारण ठप्प रहेको दरबारमार्ग सडक केही खुलेको छ। आमसभापछिको फोहोर काठमाडौं महानगरपालिकाले सफा गरेको छ। 

कार्यक्रममा सभा सकिएपछि स्वयम सेवकले सडक सफा गर्ने घोषणा गरे पनि केहीबेर सफा गरेजस्तो गरे पनि महानगर आफैंले सफा गरेको थियो। काठमाडौं महानगरपालिकाको सफाइ कर्मचारी आए र सडक सफा गरे।

झाडु लगाउँदै महानगरपालिकाका कर्मचारीले बदामका बोक्राहरु सडकतिर ताने, ब्रुमरले त्यसलाई उठायो। सडक सफा भयो। सवारी चल्न थाले। दरबारमार्गका केही पसलसमेत खुले।

प्रतिक्रिया दिनुहोस