काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको राजधानीमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार हुनुका साथै समाचार संकलनमा अवरोध पुर्याइएको छ । उनीहरुलाई ओलीको विरोधमा समाचार लेखिएको भन्दै प्रवेश नदिइएको हो ।
जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँपत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्द समाचार संकलनमा अवरोध पुर्याइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौंको दरबारमार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै पनि नेकपा कार्यकर्ताबाट समाचार संकलनमा अवरोध गर्दै दुर्व्यवहार गरिएको महासंघले जनाएको छ ।
‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा अवरोध खडा गर्दै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले एक विज्ञप्तिमार्फत भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ ।’
महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली