सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड—माधव पक्षले बिहीबार आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा निस्किएका छन् । नेकपाको प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर पार्टीको आह्वानमा भएको आमहडतालप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।
असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिका विरुद्ध आफुहरु सडकमा आउन विवश भएको मुख्यमन्त्री शाहीले बताए ।
मुख्यमन्त्री शाहीसहित प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दीसिंह बुढा लगायत पनि आमहड्तालको समर्थनमा सडकमा निस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा