रत्नपार्क क्षेत्रमा बिहानैदेखि प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १० : २४
रत्नपार्क क्षेत्रमा बिहानैदेखि प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदमका विरुद्ध आयोजित आम हडताल सफल पार्न आह्वान गर्दै विहिवार विहानदेखि वागवजार, भोटाहिटी, जमल,  रत्नपार्क क्षेत्रमा जुलुसहरु भइरहेका छन् ।

नेकपा प्रवक्ता एवम् आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले विहानैदेखि ती जुलुसहरुको नेतृत्व गरिरहेका छन् । यस क्षेत्रको प्रदर्शनमा अनेरास्ववियू र मजदुरको टोली खटिएको छ । टोलीमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, मजदुर नेता जगत सिंखडा, विद्यार्थी नेता सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, आरती लामा, पवन कार्की लगायतको सहभागिता रहेको छ ।

वागवजारवाट  विहानै अनेरास्ववियूका पुर्व अध्यक्ष रमेश मल्ल , तिलकराज भण्डारी, रविनजंग बस्नेत, सपिम खरेल सहितको टोली गिरफ्तार गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए । प्रदर्शनका क्रममा राज्यको ढिकुटी रित्याउन पाइंदैन, सरकारी पञ्च र्याली चाहिँदैन, संवैधानिक कदम खारेज गर, संवैधानिक नियुक्ति खारेज गर, जस्ता नारा लगाइएको बस्नेतले वताए ।